‘नाडा ईभी चौतारी’को आयोजना हुँदै

काठमाडौँ । नेपाली अटोमोवाइल व्यवसायीको छाता संगठन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा ईभी एक्स्पो’ ६ असोजदेखि ९ गतेसम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।

उक्त ‘नाडा ईभी एक्स्पो’ चलिरहेको समयमा नै ७ असोजदेखि ९ असोजसम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजे सम्म युएसएडको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने भएको हो । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकलसम्बन्धी चासो राख्ने तथा विज्ञहरुको सहभागिता रहने नाडाले जनाएको छ ।

ईभी चौतारीको पहिलो दिन ७ असोजमा इभी टेक्नोलोजी एन्ड इकोसिस्टमबारे बारेमा छलफल हुने भने दोस्रो दिन ८ असोजमा फाइनान्सियल अस्पेक्ट्स अफ ईभीबारे विभिन्न विज्ञले आ–आफ्नो धारणा राख्ने छन् र अन्तिम दिन ‘पोलिसिज फर प्रोमोटिङ ईभी’ विषयमा छलफल हुने छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीको पोलिसी तहमा कार्य गर्ने नीति नियमदेखि लिएर यसका प्रयोगकर्ता, वातावरणविद् तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाँड्ने चौतारी हुनेछ ।

कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *