सर्वोच्च अगाडि कडा सुरक्षा (तस्बिरहरू)

काठमाडौँ । रामशाह पथस्थित सर्वोच्च अदालत परिसरका सुरक्षा व्यवस्था आज पनि कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले सर्वोच्चको प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार महाभियोग सिफारिस समितिले जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो ।

तर सोही साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । आइतबार जबरा निवास र सर्वोच्च परिसरको सुरक्षा कडा पारिएको थियो । वकिलहरूले अदालत प्रवेश गर्न नदिने रणनीति बनाएका थिए भने सरकारले नै जबरालाई निवासबाहिर आउन रोक लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *