किरात राई लेखक संघकाे अध्यक्षमा खम्बु, महासचिवमा धरासायी !

काठमाडाैँ । किरात राई लेखक संघकाे अध्यक्षमा बलिराज खम्बु निर्वाचित भएका छन् । संघकाे ४औं अधिवेशनले खम्बुकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा प्रकास दुमी राई र अम्बिका अनमाेल निर्वाचित भएका छन् ।

यस्तै महासचिवकाे जिम्मेवारी भविशंकर राई ‘धरासायी’ ले पाउँदा नमन राई सचिवमा निर्वाचित भएका छन् । यस्तै काेषाध्यक्षमा अन्जना राई ‘इछमफूल’ चयन भएकी छन् ।

अध्यक्षमा निर्वाचित भएपछि खम्बुले खुसी व्यक्त गरेका छन् । ‘किरात राई लेखक संघलाई स्थापना गरी यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने सबै-सबैमा विशेष धन्यवाद ।  मप्रति विश्वास गरी अध्यक्षजस्तो गरिमामय पद तथा महत्त्वपूर्ण जिम्मेवारीमा चयन गरिदिनुभएकोमा सबै मित्रहरूप्रति आभार व्यक्त गर्छु,’ उनले भनेका छन् ।

२०६४ सालमा स्थापना भएकाे संघले कला-साहित्यकाे क्षेत्रबाट समानता तथा पहिचानका मुद्दालाई उठाउँदै आएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *