नेप्सेमा ३३ अंकको गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ बिन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घटेर ३६५.८६ बिन्दुमा पुगेको छ ।

यस दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५४ रुपैयाँमा ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर कारोबार भएको छ । अघिल्लो साताका कारोबार दिनहरुको तुलनामा यो दिनको कारोबार रकम र कारोबार कित्ता भने बढेको छ ।

यस दिन १८० वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन सबैजसो समूहगत परिसूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *