विश्व बैंकले नेपाललाई करिब ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने सम्झौता

काठमाडौँ। नेपालले विश्व बैंकसँग झण्डै ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ । डिजिटल पूर्वाधार विकास र क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि पूर्वाधार बिस्तारका लागि उक्त सहुलियतपूर्ण ऋण नेपालले लिने भएको हो ।

विश्व बैंकले ४१ करोड अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने सम्झौता भएको हो । सम्झौता पत्रमा आइतबार अर्थमन्त्रालय र विश्व बैंकका प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।

उक्त ऋण मध्ये क्षेत्रीय यातायात तथा व्यापार आवद्धता आयोजनाको लागि २७ करोड ५० लाख डलर (३४ अर्ब ९६ करोड नेपाली रुपैयाँ) र डिजिटल विकास अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रुपैयाँ) परिचालन गरिने भएको छ ।

उक्त ऋण सम्झौता कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा अर्थ सचिव कृष्णहरि पुस्कर र माल्दिभ्स, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अर्थसचिव पुस्करले समावेशी आर्थिक सामाजिक विकासलाई सघाउन सुदृढ आवद्धता तथा व्यापार सेवाग्राही र व्यवसायीबीच सूचना प्रविधिमार्फत नेपालको आर्थिक सम्भावना सुदृढ बनाउन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =