पेप्सीकोद्वारा नेपालमा नयाँ ‘मोर फिज’ पेप्सीको सुरुवात

काठमाडौँ । पेय पदार्थ उत्पादक कम्पनी पेप्सीले उपभोक्ताको तिर्खा मेटाउने बाचासहित ‘मोर फिज’ (बढी फिँज आउने) युक्त नयाँ पेप्सी बजारमा ल्याएको छ । नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्नेछ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनको कारण उपभोक्तालाई यो पेय पदार्थ अपरिहार्य बन्न जाने कम्पनीले जनाएको छ ।
नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौँमा आइतबार अपराह्न आयोजित एक स्वागमय कार्यक्रमका बिच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो । नेपालमा आउँदा दिनमा गरिने ‘मोर फिज, मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीको लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भने, ‘पेप्सी सधैँ नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्रान्डले नेपालका उपभोक्ताको लागि यसभन्दा अघि कहिल्यै नभएको फिजयुक्त स्वाद प्रदान गरिरहेको छ । बजार अध्ययनले देखाए अनुसार उपभोक्ताले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ, र यो नयाँ परिमार्जन स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ । हामीले प्राप्त गरेको उत्कृष्ट प्रतिक्रियालाई यो सकारात्मक भावनाद्वारा उत्प्रेरित गर्दै हामीले नयाँ पेप्सीलाई ‘मोर फिजका साथ अनावरण गरेका छौँ । विश्वास छ– ‘हाम्रा उपभोक्ताले पहिलेभन्दा ज्यादा मज्जा लिनु हुनेछ ।’
नयाँ पेप्सीको शुभारम्भ कार्यक्रममा पेप्सी ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, ‘नयाँ पेप्सीलाई ‘मोर फिज’का साथ नेपालभरका दर्शकहरूमाझ उपलब्ध गराउन पाउनुले वास्तवमै आनन्दित तुल्याएको छ । यसको नयाँ स्वरूपमा पेप्सीले आफ्ना उपभोक्ताहरू समक्ष अझ बढी फिँज साथ पेप्सीलाई प्रस्तुत गरेको छ र उपभोक्ताहरूलाई एक चुस्की लिन तथा उनीहरूको ‘स्वाग’लाई पनि माथि उठाएर देखाउन आग्रह गरिरहेको छ । म यो सुरुवातको एक हिस्सा बन्न पाएकोमा उत्साहित छु र म सबैलाई नयाँ पेप्सी टेस्ट गर्न र उनीहरूको ‘स्वाग’ प्रदर्शन गर्न आग्रह गर्दछु ।’
कार्यक्रममा भिबिएल इन्टरनेशनल अपरेसन्सका सीईओ गिरीश शिवरमणले मन्तव्यको क्रममा भने, ‘पेप्सी देशको चर्चित ब्रान्डहरू मध्येको एक ब्रान्ड हो र हामीले हाम्रो उत्पादनको यात्रामा एक अर्को माइलस्टोन कायम गर्न सफल भएका छौँ । मोर फिज पेप्सीको सुरुवातसङ्गै हाम्रा उपभोक्तालाई बढी फिँजदार एवं स्फूर्तिदायक उत्पादन प्रदान गर्ने हाम्रो एक अर्को प्रयास सार्थक भएको महसुस हामीले गरेका छौँ । म विश्वस्त छु कि नेपाली उपभोक्ताले नयाँ उत्पादनको मज्जा लिनु हुनेछ, साथसाथै विभिन्न टचपोइन्टहरु मार्फत् धेरै स्वाग प्रस्तुत गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’
नयाँ मोर फिज पेप्सी सिंगल र मल्टि पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराइएको छ साथ साथै इ–कमर्स साइटमा पनि पाइन्छ ।









