पलको पेशी आजपनि स्थगित

पोखरा । अभिनेता पल शाह विरुद्ध आइतबार तनहुँ जिल्ला अदालतमा तोकिएको पेशी पुनः स्थगित भएको छ । उनको पेशी परेको १ नम्बर इजलासका न्यायाधीश हरिशचन्द्र ढुङ्गाना अदालत नै नआएपछि पेशी स्थगित भएको हो ।

शाहमाथि बालिका बलात्कारको मुद्दा छ । भदौ १५ गते हुने भनिएको सुनुवाइ पनि न्यायाधीश दलबहादुर केसी उपस्थित नभएपछि स्थगित गरिएको हो । उनी विरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी परेको थियो । फागुन १५ गते उनी आफै प्रहरीसामु हाजिर भएका हुन् ।

शाह विरुद्ध नवलपुरमा पनि मुद्दा थियो । नवलपुर अदालतले उनी विरुद्ध लागेको बलात्कार मुद्दा खारेज गरेर बालिकामाथि यौन दुर्व्यवहारको मुद्दामा फैसला भयो । उनलाई साढे २ वर्ष जेल, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको छ । आफू निर्दोष रहेको भन्दै शाहले उक्त फैसला विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *