अभिनेता पल शाह मुद्दाको आज तनहुँमा सुनुवाइ

पोखरा । अभिनेता पल शाहको मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदैछ । विभिन्न कारण देखाएर पटक पटक सुनुवाइ स्थगित भएको थियो ।

तर आजको सुनुवाइ भने स्थगित गर्न मिल्दैन । आजको सुनुवाइ पछि शाह छुट्ने वा थुनामै रहने भन्ने टुङ्गो लाग्छ । जिल्ला अदालत नवलपुरले भने उनलाई बलात्कार नभई बाल यौन दुर्व्यवहार मुद्दामा सजाएँ सुनाएको थियो । नवलपुरबाट उनले साढे २ वर्ष कैद, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तिनुपर्ने भएको छ ।

शाह विरुद्ध एक बालिकाले जबरजस्ती करणी आरोपमा उजुरी दिएकी थिइन् । फागुन ११ गतेको उजुरीका आधारमा शाह फागुन १५ गते आफै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि उनी विरुद्ध बहस भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *