जबरा सर्वोच्च फर्किने सूचनापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौँ । रामशाह पथस्थित सर्वोच्च अदालत परिसरका सुरक्षा व्यवस्था कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्किने खबरपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।

तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।

उनी सर्वोच्च प्रवेश गर्न खोज्दा तनावकोस्थिति हुनसक्ने कुरालाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सर्वाेच्च तथा बारको परिसर र सडकमा उच्च सुरक्षा अपनाइएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *