चोलेन्द्रस्रँगको अन्तिम बयान सकियो, ३ बजे प्रतिवेदन बुझाइने
२०७९ असोज १ गते

काठमाडौँ । चोलेन्द्रको बयान र पुरक प्रश्न सकिएको छ । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान सकेको हो ।
शनिबार बिहान ९ बजेदेखि संसद् सचिवालय सिंहदरबारमा जारी बैठक महाभियोग सिफारिस समितिको बैठकले बयान सकेको हो ।
यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका जबराले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको वाचन सुन्दै हस्ताक्षर गरे ।
समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमकाअनुसार बयानमा हस्ताक्षरपछि उनीमाथि थप पूरक प्रश्न गरिएको थियो । उनको दिएको जवाफसमेत समावेश गरेर आजै दिउँसो ३ बजे प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाइने बताइएको छ ।
२०७९ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








