प्रभु बैंकले रेमिटेन्स मुद्दती खातामा १५ प्रतिशतभन्दा बढी ब्याज दिने

काठमाडौँ । प्रभु बैंकले रेमिट्यान्स मुद्दति खातामा वार्षिक १५.१३ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा पठाएर प्रभु उन्नती मुद्दति खातामा निक्षेपको रुपमा राख्दा उक्त ब्याज प्रदान गर्ने नयाँ योजना ल्याएको जनाएको हो ।

त्यस्तै, रेमिट्यान्स रकमलाई प्रभु उन्नति बचत खातामा राख्दा वार्षिक १०.१३ ब्याज पाइने जनाएको छ ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैँकले लिएको छ ।

यो योजना आगामी १ असाेजदेखि लागु हुने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =