सुनको मूल्यमा एकै दिन एक हजारको गिरावट

काठमाडौँ । सुनको मूल्यमा शुक्रबार एकै दिन एक हजार रुपैयाँले गिरावट आएको छ ।

यस दिन नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यसअघि बिहीबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने यस दिन तोलामा १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =