भरतपुरको चौबिसकोठीमा आज साँझ गायक प्रमोद खरेलको प्रस्तुति 

भरतपुर । भरतपुरको चौबिसकोठीमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने भएको छ । आज साँझ ५ बजे गायक प्रमोद खरेलसहित गायिका टीका प्रसाईँ, हास्यकलाकार सुमन कार्कीको पनि प्रस्तुति रहने बताइएको छ ।

एनके मोटर्स भरतपुरले बजाज कम्पनीद्वारा उत्पादित पल्सर एनएस १२५ बिएस सिक्स मोडेलको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा गायक तथा कमेडियनहरुको प्रस्तुति रहने छ । एनके मोटर्स भरतपुरले आज साँझ ५ बजे भरतपुरको चौबीसकोठीमा कलाकारहरुको सांगीतिक प्रस्तुति गर्न लागेको एनके मोटर्सका सञ्चालक पदमराज कँडेलले जानकारी दिए । दुई घन्टाभन्दा बढी चौबीसकोठीमा हुने साङ्गीतिक कार्यक्रममा झन्डै ५ हजार दर्शक आउने अपेक्षासमेत गरिएको छ ।

कम्पनीका क्षेत्रीय अधिकृत विजयकुमार सिंहले बजाज कम्पनीको यस नयाँ मोटरसाइकल खरिदमा ‘आधाको आधा नै काफी छ’ भन्ने स्किमसहित फाइनान्सको सुविधा रहेको जनाएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको सिंह बताउँछन् ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४.४५ सिसीको सिङ्गल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले अधिकतम १२ पिएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोसक रहेको मोटरसाइकलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङ्गुलर हेलोजिन हेडल्याम्प, सेमिडिजिटल इन्स्टु«मेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, भल्भ इन्डिकेटरजस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ । एनके मोटर्सका सञ्चालक पदमराज कँडेलले बजाजको आधिकारिक वितरक रहेको एनके मोटर्सले भरतपुरमा विभिन्न समयमा क्याम्पहरु गर्दै आएको बताए । दसैँ तिहार र छठ पर्वको अवसरमा बजाज कम्पनीले नयाँ मोडेलको मोटरसाइकल खरिदमा ७ हजारलगायत अन्य छूटको व्यवस्था राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *