ग्लोबल आईएमई बैंकको दशैं अफरमा ३३.३३ प्रतिशत क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आईएमई बैंकको एससीटी डेबिट कार्ड प्रयोगकर्ताले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् ( एससीटी ) सँगको सहकार्यमा दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी तथा यूपीआई’ कार्डको ‘दमदार दशैं धमाका थ्री–डी’ अफर अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो योजना अनुसार कुनै पनि प्वाइन्ट अफ सेल ( पीओएस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात (अधिकतम १ हजार रुपैयाँ) सम्म क्यासब्याक पाउने बै‌ंकले जनाएको छ ।

यस योजना पश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकको भनाइ ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =