वेपत्ता टुकुचा भेटिएसँगै महानगरले खाेल्न थाल्याे खाेला
२०७९ भदौ ३० गते

काठमाडाैँ । काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ ।
विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए ।
टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।
टुकुचा भेटिएसँगै महानगरले थप डाेजर ल्याएर खाेला खाेल्न थालेकाे छ । अहिले खनेकाे स्थानमा पानीसहितकाे टुकुचा पहिचान भएकाे छ ।
याे पनिः बालेनले खोजेरै छाडे हराएकाे टुकुचा
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








