एनआईसी एशिया बैंक खातामा भिजा डाइरेक्टमार्फत सोझै रकम पठाउन मिल्ने

काठमाडाैँ । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशबाट अब भिजा डाइरेक्ट (VISA DIRECT)  मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरु भएको छ । बैंकले भिजा इन्टरनेशनलसँग सहकार्य गरी ग्राहकमाझ यस्तो सेवा सुरु गरेको जनाएको छ

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । यो सेवाअन्तर्गत विश्वका कुनै पनि भिजा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीमार्फत बैंकले जारी गरेको १६ अंकको भिजा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *