संघीयता ३ करोड नेपालीको अभिन्न अंग भइसकेको छ : मन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले संघीयता ३ करोड नेपालीको अभिन्न अङ्ग भैसकेको बताएका छन् । संघीयताले जनताको घरदैलोमा सेवा पुर्‍याएकोले प्रत्येक नेपालीको अभिन्न अङ्ग भएको उनले बताए ।

सहकर्मी समाज नेपालले युरोपियन युनियनको आर्थिक सहयोग र अन्य संस्थाहरूको सहकार्यमा बुधवार सुर्खेतमा सम्पन्न भएको दुई दिने प्रदेश सुशासन सम्मेलनमा बोल्दै मन्त्री शाहीले, संघीयता पिछडिएका समुदायलाई न्याय र अवसर पहुँच नभएको ठाउँमा राज्य व्यवस्थाको पहुँच पुर्‍याउन आएको बताउँदै संघीयता एकल हुन नसक्ने, समन्वय र सहकार्यमा निर्भर बताए ।

उनले भने, ‘सुशासन शब्द फराकिलो छ । सुशासन विश्वको सबैभन्दा ठूलो पुजी हो । नागरिक राज्य लगायत सबैको सुशासन फरक फरक छ । यसको अभ्यास पनि फरक हुनुपर्छ ।’

यस्तै मन्त्री शाहीले कर्णाली प्रदेशमा ५ वर्षमा ७६ ओटा कानुन निर्माण गरेको र ४८ ओटा कानुनलाई प्रमाणीकरण गरेको बताएका छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली बासीको अपनत्व हुने गरी सम्पूर्ण मौलिक अधिकारहरूको कार्यान्वयन गरिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *