सेयरमा उछाल, ४७ अंकले बजार बढ्दा झण्डै डेढ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उछाल देखिएको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुमा पुगेको छ । यस दिन ‘क’ वर्गका सूचिकृत कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ९.१९ अंकले बढेर ३८५ बिन्दुमा पुगेको छ ।

यस दिन कुल ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । यस अघि झिनो अंकले मात्रै बजार घटबढ हुँदै आएको थियो । कारोबार रकम पनि एक अर्बभन्दा तल नै सीमित हुने गरेको थियो ।

यस दिन १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ५ वटा कम्पनीमा मात्रै सेयर मूल्य घटेको छ । सबैभन्दा बढी १० प्रतिशतले ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेको छ ।

त्यस्तै, लिवर्टी इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त, गुराँस फाइनान्सलगायत कम्पनीको मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

सबै कम्पनीको समूहगत सूचकसमेत बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *