लघुबिमा कम्पनीको लाइसेन्स खुल्यो, ७ कम्पनीले पाउने

काठमाडौँ । बीमा समितिले लघुबिमा कम्पनीको लाइसेन्स खुला गरेको छ । समितिले पहिलो चरणमा ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।

प्रत्येक प्रदेशमा एक एक गरी ओटा लघुबीमा कम्पनी स्थापना हुने गरी समितिले लाइसेन्स दिएको हो । समितिले बुधबार सूचना जारी गरी ३ ओटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीलाई लाइन्सेन्स दिने निर्णय गरेको जनाउँदै आवेदन आह्वान गरेको हो ।

लघुबीमाको लाइन्सेन्स लिन चाहने कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख गरेको छ ।

कम्पनीको चुक्ता पूँजी भने न्युनतम ७५ करोड रुपैयाँ हुनुपर्ने छ ।

कुनै बीमा कम्पनीमा लगानी रहेका सेयरधनी प्रवर्द्धक भएको कम्पनीले लघुबीमाको लाइसेन्स नपाउने भएका छन् । अर्थात् क्रसहोल्डिङ(प्रतिहिस्सेदारी) हुने गरी लगानी गर्न पाइने छैन ।

समितिले जारी गरेको सूचना अनुसार लघुबिमा कम्पनीको लाइसेन्सका लागि यसअघि प्राप्त आवेदनलाई रद्द गरेको र नयाँ आवेदन गर्नुपर्ने र लाइसेन्स पाउने कम्पनी छनोट प्रतिस्पिर्धाका आधारमा गरिने भएको छ ।

यस्ताे छ सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *