सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाडौं। सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको थियो । चाँदीको मूल्य पनि बुधबार १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक रुपमा घट्न थालेपछि नेपालमा पनि सुनको मूल्य घटेको हो । मंगलबार प्रतिऔंस १७२२.०८ डलरमा खिरिद बिक्री भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा १७०० डलरमा झरेको छ । त्यस्तै चाँदीको मूल्य पनि १९.७१ डलर प्रतिऔंसबाट घटेर १९.३१ डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =