क्षतिपूर्ति मागेको छैन, लिन पनि चाहन्न : समीक्षा अधिकारी

काठमाडाैँ । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन् । उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी हुन् ।

उनले मंगलबार राति सामाजिक सञ्जालमार्फत लामो समयदेखि एउटा दुःखद् घटना भोगिरहेको बताएकी छन् । ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद घटना हो । सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,’ उनले भनेकी छन् ।

साथै उनले आफूले अहिलेसम्म क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम नलिएको बताएकी छन् । ‘बाँकी रह्यो पैसाको कुरा मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन । क्षतिपूर्तिबापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन,’ अधिकारीले अगाडि भनेकी छन्, ‘म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरूको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमासमेत सहयोग पुग्ने आशा लिएकी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *