अशोक लेल्याण्डको चाडपर्व अफर, ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’

काठमाडौँ । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर’ नामक चाडपर्व अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत साना गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानले थाइल्यान्ड टुर प्याकेज जित्न सक्नेछन् ।

आइसिभी/ट्रक/ टिप्पर/आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधन खरिद गर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठुला कमर्सियल गाडी बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडी पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *