नमस्ते पेले ल्यायो चाडपर्व अफर, ७ जनालाई शतप्रतिशत पैसा फिर्ता

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट सञ्चालित नमस्ते पेले दशैँ, तिहार र छठ पर्वको अवसरमा फेस्टिभ क्याम्पेन सुरु गरेको छ ।

कम्पनीले ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताका लागि विभिन्न सेवा र अफर ल्याएको हो । यसअनुसार बम्पर अफरमा ७ भाग्यशाली विजेताले शतप्रतिशत पैसा फिर्ता (क्यासब्याक) पाउनेछन्। प्रयोगकर्ताले धेरै कारोबार गर्दा धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ ।

अभियान अवधिको बीचमा कुनै पनि सेवाको कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा योग्य हुने कम्पनीको भनाइ छ ।

नमस्ते पेबाट युटिलिटी बिल भुक्तानीमा प्रत्येक हप्ता १ विजेताको वर्षभरिको बिल नमस्ते पेले नै तिरिदिने अफर समेत छ । त्यस्तै हवाइ टिकट खरिदमा हरेक हप्ता १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ पैसा फिर्ता पाउने र अभियानको अन्त्यमा २ जना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाइ टिकट निःशुल्क पाउनेछन् ।

दशैँ दक्षिणाको रुपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जनाले शतप्रतिशत पैसा फिर्ता पाउने छन् ।

अभियान अवधिमा सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउने कम्पनीले जनाएको छ। प्रयोगकर्तालाई प्रोमोकोड उपलब्ध गराइनेछ, जुन तीनपटक रिडिम गर्न सकिने कम्पनीको भनाइ छ।

यसबाहेक नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिल भुक्तानी, मर्चेन्ट भुक्तानी, हवाइ टिकटलगायत विभिन्न सेवामा विभिन्न फ्लास अफर प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =