आइतबार नै वेस्ट इन्डिजबाट हिँडेका सन्दीप आइपुगेनन्, क्यान भन्छ- ‘सम्पर्कमा छैनन्’

काठमाडाैँ । १७ वर्षीया किशाेरीलाई पटक-पटक बलात्कार गरेकाे आराेप लागेका नेपाली क्रिकेट राष्ट्रिय टाेलीका निलम्बित कप्तान सन्दीप लामिछाने गत आइतबारयता सम्पर्कविहीन छन् । तर, ३ दिन बितिसक्दासमेत उनी नेपाल आइपुगेका छैनन् । उनी क्रिकेट संघ (क्यान) कै सम्पर्कमा पनि छैनन् । क्यानका कार्यवहाक महासचिव प्रशान्तविक्रम मल्लले आफूहरूकाे सम्पर्कमा नरहेकाे बताए । ‘उनी आइतबारयता हाम्राे सम्पर्कमा पनि छैनन्,’ उनले मकालुखबरसँग भने, ‘उनी केही दिनपछि आउँछन् हाेला ।’

गत शुक्रबार उनले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र नेपालको कानूनसँग आफू विश्वस्त भएको भन्दै केही दिनमै नेपाल फर्किने बताएका थिए । ‘म निर्दोष छु र नेपालको सम्मानीय कानूनमा पूर्ण विश्वस्त छु । मैले सीपीएल नखेल्ने निर्णय लिएको छु र केही दिनमा स्वदेश फर्किन्छु,’ उनले भनेका थिए । त्यसपछि आइतबार नेपाल जाने भनेर त्यहाँबाट हिँडेका उनी अझै आइपुगेका छैनन् । त्यसाे त उनी त्यहाँबाट हिँडेकाे सूचना इन्टरपाेलसम्म पुगेका क्यान बताउँछन् । कार्यकारी महासचिव मल्लले भने, ‘उनी त्यहाँबाट हिँडेकाे सूचना इन्टरपाेलसँग पनि छ । तर उनी यहाँ आइपुगेनन् । हाम्राे सम्पर्कबाहिर छन् उनी ।’

यसपछि उनलाई क्यानले कप्तानबाट निलम्बित गर्‍याे । यसपश्चात् सीपीएल नखेल्ने निर्णय लिएर नेपाल हिँडेका उनी अझै नेपाल आइपुगेका छैनन् । उनीविरुद्ध २२ गते प्रहरी वृत्त गाैशालामा १७ वर्षीया किशाेरी भदाै ५ गते राति आफूमाथि पटक-पटक बलात्कार भएकाे भन्दै जाहेरी दिएकी थिइन् । यसपछि केन्याबाट सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका उनी तत्काल नेपाल आउने भनिएकाे थियाे ।

क्यारेबियादेखि नेपाल फर्किन ३ देखि ४ वटा ट्रान्जिट पर्ने भएकाले आज मंगलबारसम्ममा सन्दीप नेपाल आइपुग्ने विश्वास प्रहरीको छ। आइतबार नै हिँडेको भए सम्भवतः उनी आजै नेपाल आइपुग्ने प्रहरी बताउँछ । ‘उनी आफैँले अनुसन्धानमा सहयोग गर्नेगरी फर्किन्छु भनेकाले हामीले फर्दर केही कदम चालेका छैनाैँ,’ काठमाडाैँ प्रहरी परिसरका एसएसपी भरत बोहरा भने, ‘उनी सायद आजसम्म आइपुग्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *