सुनको भाउ घट्यो, चाँदीको कति ?
२०७९ भदौ २८ गते

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।
सोमबारको तुलनामा सुनको भाउ मंगलबार प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ।
चाँदीको भाउ मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।
२०७९ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित









