सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका रु. ३ करोडसम्मको कृषि कर्जाको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत हुनेछ । यस सम्झौता पश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणि अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविनकुमार दाहाल तथा बजारीकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =