आइएमई पे एप चलाउन एनसेल प्रयोगकर्तालाई शुल्क नलाग्ने

काठमाडौँ । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे एप प्रयोगकर्ताले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क प्रयोग गर्न सक्ने छन् ।
आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको जनाएको छ । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताएका छन् ।
कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक भएको पनि यी दुई कम्पनीको दाबी छ ।
यस सहकार्यले प्रयोगकर्तालाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिमा परिचालन गर्ने विश्वास लिइएको कम्पनीको भनाइ छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।









