डा. केसी धनगढीमा, ५ बजेदेखि अनसन बस्ने तयारी
२०७९ भदौ २७ गते

काठमाडाैँ । सत्याग्रही चिकित्सक डा. गाेविन्द केसी अनसनार्थ धनगढी पुगेका छन् ।
सरकारसँग विभिन्न माग राखेका केसीले माग पूरा नभएपछि अनसनकाे तयारी थालेका हुन् । अहिले उनले कहाँ अनसन गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राख्दै केही दिनअघि सरकारको ध्यानाकर्षण गराएका थिए ।
छलफलमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहित नागरिक अगुवालगायतको सहभागिता रहेको छ ।
याे पनिः
२०७९ भदौ २७ गते
प्रतिक्रिया








