महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ । छात्रवृत्ती धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले छात्रा जोशीलाई हस्तान्तरण गरे ।

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले रु. ५० हजार रुपैयाँको छात्रवृत्ति हिरालाई उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यावस्थापनका अध्यक्ष प्रेम बिसीले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने बताए । उनले बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे।

विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थी देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *