सेयर बजार १३ अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक पनि २.३९ अंकले घटेर ३७२.३४ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ रुपैयाँमा २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

यस दिन म्युचुअल फण्डबाहेक अरु सबै समूहगत सूचक घटेका छन् ।

यस दिन १४९ कम्पनीको सेयर मूल्य घटेको छ । र, २८ कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *