श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा

काठमाडाैँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाकाे आईपीओ साेमबार बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले १५ भदाैदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत् ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयर यस दिन बाँडफाँट गरेको हो ।

सो शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो । यसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आईपीओकाे नतिजा https://iporesult.cdsc.com.np मा लगइन गरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *