गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडाैँ । गायक कमल खत्रीले गायिका मेलिना मैनालीसँग इन्गेजमेन्ट गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनले इन्गेजमेन्ट गरेको जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,  ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ र माया सधैं पाइरहुँ । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *