गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडाैँ । डिजिटल सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको हो ।

उक्त क्युआर कोड माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहतेलीलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक राजनदेव भट्टराई, प्रहरी उपरीक्षक होमेन्द्र बोगटी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालगायत स्थानीय व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीले क्युआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =