लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

२०७९ भदौ २६ गते

काठमाडाैँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नसक्ने भएका छन् ।
यससम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित