मुक्तिनाथ विकास बैंकको वृहत् घर दैलो कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले शनिबार वृहत् घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना ग्राहकलाई वित्तीय साक्षरता प्रदान गर्न तथा आफ्नो सेवा, सुविधाको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत घरदैलाे कार्यक्रम सञ्चालन गरेकाे बैंकले जनाएकाे छ ।

कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका उच्च पदस्थ कर्मचारी तथा अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक शेयरधनीको समेत सहभागिता रहेको थियो । बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले बृहत उदेश्य बोकेको छ । मात्र मुक्तिनाथ बैंकको सेवा सुविधाबारे नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उदेश्य बैंकले लिएको छ ।

यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहक महानुभावमा बैंकका विभिन्न सेवाका बारे ग्राहकको घरमै गएर जानकारी गराउँदा ग्राहकले पनि बैंकिङ्ग सेवाबारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने बैंकले जाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *