बिहे नेपाल भीआईपी क्लब उद्घाटन तथा साइनिङ्ग सेरोमोनि सम्पन्न

काठमाडाैँ । त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल भीआईपी क्लबकाे द्घाटन तथा वेलकम इभेन्ट म्यानेजमेन्ट सँगको साईनिङ्ग सेरोमोनि भव्य रूपमा सम्पन्न भएको छ। उक्त अवसरमा नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष तथा ‘एड गुरु’ निर्मलराज पौडेलले भीआईपी क्लबको भिडियो विधिवत रुपमा रिमोटद्वारा स्विचिंग गरी उद्घाटन गरे ।

उक्त अवसरमा बिहेनेपालको तर्फ बाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टको तर्फबाट रिजा पौडेलले समझदारी पत्रमा हस्ताक्षेर गरे । साथै उद्घाटित बिहे नेपाल भीआईपी क्लबको बारेमा उक्त संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिए । श्रद्धा र श्रीया (दुई ईञ्जिनियर दिदि बहिनि) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गरेका हुन् ।

यस कार्यक्रमलाई भेस्पर वाइन र कर्मा लाउन्जले प्रायोजन गरेको छ।

बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोग मार्फत आफ्नो जीवनसाथीकाे खाेज थप रमाइलो बनाउन अपग्रेड गरिएको छ । रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लन्च गरिएको बिहे नेपाल एपको प्रयोग मार्फत विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन् । प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको छ । नयाँ एपको लेआउट, भीआईपी क्लब, एवम् एप मार्फत इभेन्ट बुकिंग र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू ल्याएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *