कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालनमा

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनद्वारा कोरियन बार्बी क्यु रेष्टुरेन्टको बुधबार ललितपुरको जावलाखेलमा भव्य कार्यक्रमबीच उद्घाटन भएको छ ।

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कँदै कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको जावलाखेलमा सुचारु भएको छ ।

लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङले नेपालमै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी दिए ।

कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू पस्कदै आएको छ । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो । कोरिया रहेर आफैँले सिकेको सीपलाई नेपालमा परिचालन गरी कोरियन बार्बी क्यु रेष्टुरेन्टले थुप्रै युवालाई रोजगार प्रदान गर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ ।

बजारमा सञ्चालन भइरहेका कोरियन रेष्टुरेन्टभन्दा यस कोरियन बार्र्बी क्यु रेष्टुरेन्टको खान र सेवा भिन्न तथा गुणस्तरीय रहेको छ । यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित छन् । विशेष गरी अन्तर्राष्ट्रियस्तरको अनुभवले सीपको दायरा फराकिलो बनेको । यसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *