आजदेखि पितृ पक्ष शुरु (तस्बिरहरु)
२०७९ भदौ २६ गते

काठमाडौँ । चन्द्रमास पात्रो अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष अर्थात सोह्र श्राद्ध भनिन्छ। चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भएता पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।
हिन्दु वैदिक पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ ।
यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दै तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन्। हिन्दुधर्मावलम्बीहरु सोर्ह श्राद्वमा श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्नेमा बिश्वास राख्दछन् ।
२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित