सट्टेवाजी खेलेको आरोपमा चारजना पक्राउ

विराटनगर । सट्टेवाजी खेलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। विराटनगर महानगपालिका वडा नम्बर ११ मा एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भई रहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ११ पिचराका ४२ बर्षीय राजेश ठाकुर, सही ठाउँका २८ बर्षीय रवि सहनी, पिचराकै ३४ बर्षीय नारायण श्रेष्ठ र २३ बर्षीय अजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ४ थान मोवाईल र १८ हजार ५ सय रूपैया नगद बरामद गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =