मंसिर ४ को निर्वाचनले देशको भाग्य फैसला गर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशको भाग्य, भविष्य फैसला गर्ने निर्वाचन भएको बताएका छन्।

विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आलीले देश भयावह अवस्थामा भएको उल्लेख गरे।

‘भयावह स्थितिमा देश छ। यदी हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ ओलीले अघि भने, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।’

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको उनले आरोप लगाए। ‘अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ,’ ओलीले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =