कांग्रेस विवादलाई सहज बनाउन जरुरी : सञ्जय गौतम

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्यीय सञ्जय गौतमले गठबन्धनलाई सार्थक बनाउन कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न गठबन्धनलाई मजबुत बनाउनु पर्ने विकल्प नभएको बताएका छन् । कांग्रेस विवादलाई सहज बनाउन कार्यभार बोकेर सुर्खेत आएका गौतमले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार गर्दैअघि बढ्नुपर्ने बताएका हुन् ।

विगतमा के-कस्ता कमजोरी भए आ-आफ्नो समीक्षा गरेर निर्वाचनमा कांग्रेसलाई  एक ढिक्का बनाएर जान आवश्यक रहेको उनको भनाई छ । ‘सुर्खेतका दुई शीर्ष नेतालाई एउटै मञ्चमा बसालेर, एकै घरमा बसाउने गरी हामी अघि बढेका छौँ,’ उनले भने, ‘त्यसकालागि कार्यकर्ताले समेत नेताहरूलाई दबाब दिन आवश्यक छ ।’

उनले कर्णालीको विकासमा सबै नेता एक भएनन् भने भोलि कांग्रेसलाई ठुलो क्षति हुन् सक्ने बताए । अब बर्दिया जिल्लालाई पनि कर्णाली प्रदेशमा समेट्न जरुरी रहेको समेत उनको भनाई थियो ।

यस्तै कांग्रेस सुर्खेतमा निवर्तमान सभापति कमलराज रेग्मीले नेतृत्व तहमा रहेका जिम्मेवार नेताहरूले कार्यकर्तालाई सम्हालेर लैजानुपर्नेमा सबै लागि नपरेको गुनासो गरेका छन् । हिजोका दिनमा कांग्रेस एक भएको थियो कारण कांग्रेसले सुर्खेको निर्वाचनमा राम्रै परिणाम ल्याएको थियो । त्यसैले फेरी पनि सुर्खेतलाई कांग्रेसमय बनाउनको लागि नेतृत्व तह समाली रहेका साथीले बुझ्न जरुरी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले स्थानीय तहमा भएका कमीकमजोरीलाई स्वीकार्दै ती कमजोरीलाई सच्याउँदै अघि बढ्नुको विकल्प नभएको बताए । त्यसका लागि आफूले आफैँबाट सुधार अभियान शुरु गरेको उनको भनाई  थियो  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *