‘साताका सात’ तस्बिर

झिलिमिली काठमाडौँ
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुन्दरीजल मुलखर्क मध्यवर्ती क्षेत्रबाट कैद गरिएको काठमाडौँ उपत्यका (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) को रात्रिकालीन दृश्य ।

शाम्बा सावित्रा
शाम्बाको उपनामले चिनिने नेपाली महिला फुटबलर सावित्रा भण्डारी । छैटौँ साफ महिला च्याम्पियनसिपमा भुटानसँग भएको उद्घाटन खेलमा उनी एक्लैले २ गोल गरेकी थिइन् ।

सिँगारिँदै
इन्द्रजात्राको दोस्रो दिन काठमाडौँको हनुमानढोका क्षेत्रमा भएको सामूहिक कुमारी पूजाको लागि कुमारी बन्न सिँगारिँदै एक बालिका ।

जीवित देवी
जीवित देवीको रूपमा पुजिने कुमारी । इन्द्रजात्राको दिन कुमारीघरबाट बाहिर निकालेर काठमाडौँकी कुमारीलाई रथमा विराजमान गराउँदै ।

ड्युटी
इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आएका भिभिआइपीका सवारीसाधनलाई पार्किङको लागि गन्तव्यतर्फ जान इसारा गर्दै सैनिक प्रहरी ।

छलिया नृत्य
नेपालको सुदूरपश्चिम क्षेत्रको लोकप्रिय नृत्य हो छलिया । यो नृत्य विशेषगरी त्यस क्षेत्रमा मनाइने चाडपर्वहरूमा नाच्ने गरिन्छ ।

कागेश्वरी महादेव
काठमाडौँको कागेश्वरी मनोहर नगरपालिकाको प्रसिद्ध धार्मिकस्थल हो कागेश्वरी महादेव । यहाँ हरेक वर्ष कागेअष्टमीको दिन विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *