सुर्खेत क्षेत्र–२ बाट राप्रपा उपाध्यक्ष गिरी सर्वसम्मत सिफारिस

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरी सुर्खेतको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका छन् ।

शुक्रबार राप्रपा सुर्खेतले केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा र क्षेत्र नम्बर १ बाट छत्रपती शाहीलाई सिफारिस गरेको हो ।

यस्तै ४ प्रदेश सभा रहेको सुर्खेतमा राप्रपाले क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ बाट दल बहादुर सिंह, प्रदेशसभा’ख’बाट मान बहादुर खरेल र क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट जनक बहादुर सिंह, प्रदेशसभा ‘ख’ बाट कविराम पुरीलाई सिफारिस गरेको राप्रप सुर्खेतले जानकारी दिएको छ ।

क्षेत्र नम्बर २ बाट सिफारिस भएका केन्द्रिय उपाध्यक्ष गिरी स्थानीय निर्वाचनमा मेयर पदका उम्मेदवार पनि भएका थिए ।

उनी २०६१ सालमा ९ महिना वीरेन्द्रनगर सुर्खेतको मेयर पनि बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *