समानुपातिक प्रणालीबाट आउने सांसदसँग भेदभाव गरिनुहुँदैन : प्रमुख सचेतक यादव

सुर्खेत । राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक चित्रलेखा यादवले राजनीति गर्ने मान्छेले सबै प्रकारका डर-त्रासको अन्त्य गर्नुपर्ने बताएकी छन् ।

सुर्खेतमा शुक्रवार भएको संसद्मा महिला प्रतिनिधित्व विषयक अन्तर्क्रियामा बोल्दै उनले राजनीतिमा भाग लिन सबै डरको अन्त्य गरेर लाग्नुपर्ने बताएकी हुन् ।

उनले संविधानको मूल मर्म र भावना अनुरूपको काम गर्नु सबैको कर्तव्य भएको बताउँदै देशमा प्रत्यक्ष र समानुपातिक चुनाव लड्नेहरूबिच भेदभावको स्थिति रहेको बताइन् ।

उनले देशको निर्वाचन प्रणालीलाई गलत भन्न सकिन्छ भन्ने प्रश्न गर्दै दुवै किसिमका सांसदलाई जनताले नै मत हाल्ने हुँदा प्रत्यक्ष र समानुपातिक सांसदबिच बुझाई र व्याख्यामा भेदभाव राखिन नहुने बताइन् ।

उनले महिलाहरू समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्न बाध्य भएको बताउँदै मिडियाले पनि महिला र पुरुषमा भिन्नता देखिरहेको बताइन् । उनले भनिन्, ‘जबसम्म सबैको लागि लोकतन्त्र सुनिश्चित गर्न सक्दैनौँ, तबसम्म सधैँका लागि लोकतन्त्र हुन सक्दैन ।

त्यस्तै, उनले महिलाहरू सक्षम छन्, हामीमा सामर्थ्य छ भन्ने देखाउन सबै महिला ऐक्यबद्ध हुनु जरुरी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *