युनाइटेड सिमेन्ट्सद्वारा धुनिबेसी नगरलाई कम्प्युटर र सिलाई मेसिन हस्तान्तरण

काठमाडाैँ । युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत धादिङको धुनिबेसी नगरपालिका वडा ९ कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ ।

बुधबार सोही नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको छ । यस कार्यक्रममा धुनिबेसी नगरपालिका उप – प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल, पूर्व वडा अधक्ष साहिला राईका साथै विभिन्न संग संस्था तथा प्रहरी प्रशासनका अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको बताए ।

उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका छन् । त्यसैगरी विभिन्न सामुदायिक विद्यालयहरुमा शैशिक सामाग्री पनि हस्तान्तरण गरेको कुरा जानकारी गराउँदै त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक विकासका निम्ति युनाइटेड सिमेन्टको उल्लेखनिय भूमिका रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष क्ष माधव सिलवालले युनाइटेड सिमेट्सको यो कार्य प्रसंशनीय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *