सन्दीप प्रकरणमा आईसीसीकाे चासाे, क्यान भन्छ- ‘रेप केश भनेपछि सिरियस भएकाे छ’

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको आराेपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पनि चासो देखाएको छ । बलात्कारकाे आराेप भनेपछि आईसीसीले चासाे देखाएकाे नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक महासचिव प्रशान्तविक्रम मल्लले बताए । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो देखाएकाे छ । रेप केस भनेपछि उनीहरू सिरियस भएका छन्,’ मल्लले भनेका छन् ।

आफूसँगकाे कुराकानीमा सन्दीपले सीपीएल सकेपछि फर्किने प्रतिक्रिया दिएकाे मल्लले बताएका छन् । ‘तिमी त फर्किनुपर्ने हाेला भनेर भन्दा उसले लिग सकिनासाथ फर्किन्छु भनेकाे छ,’ उनले भनेका छन् । उनले आफूलाई कानूनी सहजीकरमा क्यानले सहयाेग गर्नुपर्ने आशयसमेत आफूसँग व्यक्त गरेकाे मल्लले बताए । मल्लले क्यान क्रिकेटरहरूकाे अभिभावक भएकाले पनि उनीहरूलाई कानूनकाे अधिनमा रही सहयाेग गर्ने बताए ।

सन्दीप अहिले क्यारेबियन प्रिमियम लिग खेल्नका लागि वेस्टइन्डिजमा छन् । उनीविरुद्ध नेपालमा बलात्कारकाे जाहेरी परेकाे छ । उनीविरुद्ध एक १७ वर्षीया नाबालिकाले जाहेरी दर्ता गराएकी छन् । उनकाे जाहेरीमा गत भदाै ५ गते दिनभरी भक्तपुरका विभिन्न ठाउँ घुमाएर राति काठमाडाैँकाे एक हाेटलमा ल्याएर पटक-पटक बलात्कार गरेकाे उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =