सुनको मूल्य ताेलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ । साताकाे पाँचाै काराेबार दिन बिहीबार सुनको मूल्य तोलामै ८ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन ९४ हजार ८ सय रूपैयाँमा र तेजाबी सुन ९३ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीकाे मूल्य समेत यस दिन ताेलामा २५ रुपैयाँले बढेकाे छ । यस दिन चाँदी १ हजार १३५ रुपैयाँ तोकिएको छ । बुधबार चाँदीकाे मूल्य १ हजार ११० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *