शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै सिट बाँडफाँड कार्यदल

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो ।

बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । हिजो बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।

प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । ‘हामीले पाएको जिम्मेवारी अनुसार प्रतिवेदन तयार पारेका छौँ । बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ । आजै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ,’ उनले भने ।

तर, सिट संख्याबारे भने उनले जानकारी दिन मानेनन् । पाँच दलीय सत्ता गठबन्धनबीच आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा तालेमेल गर्ने सहमति भएको छ । त्यसका लागि सिट बाँडफाँटसहितका विषयमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । सुरुमा साउनभित्रै सिट बाँडफाँटको टुंगो लगाइने भनिएको थियो ।

तर, दलहरूको आआफ्नै अडानका कारण सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई निकै सकस परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =