कर्मचारीहरु स्थायी सरकार हो : प्रधानमन्त्री देउवा
२०७९ भदौ २२ गते

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।
१९ औं निजामति सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगबिना मुलुकको विकास सम्भव नभएको बताएका हुन्।
प्रधानमन्त्री भने, ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो , तर कर्मचारीहरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईंहरुको हातमा छ । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन उनले आग्रह गरे।’
उनले कर्मचारीहरुले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए। कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








