जनार्दनलाई प्रचण्डकाे जवाफ- ‘तपाईंलाई हुर्काउन मेराे मुख्य भूमिका छ’

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनार्दन शर्मा ‘प्रभाकर’ लाई हुर्काउन मुख्य भूमिका खेलेकाे दाबी गरेका छन् । पार्टीकाे उपमहासचिव पद अस्वीकार गरेपछि प्रचण्डले जनार्दनकाे नामै किटान गर्दै भने, ‘जनार्दनले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’
उनले आफ्नाे उत्तराधिकारी तयार पार्न खाेजेकाे बताए । बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरूको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए । ‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तामाम क्रान्तिकारीलाई सही स्कूलीङ्ग गरून् । र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाति लिएर सबै अगाडि बढून् भन्ने छ,’ उनले भनेका छन् ।
प्रचण्डअघि बाेलेकाे जनार्दनले आफूले कार्यक्रमलाई उपमहासचिवभन्दा पनि सङ्गठन विभाग प्रमुखकाे रूपमा गरेकाे बताएका थिए ।
सम्बन्धित सामाग्री:








